थप समाचारआइतबार, फाल्गुण ११, २०७०
वैदेशिक रोजगारीमा गएका दुवै छोरा गुमाएपछि
नुवाकोट थानसिङका गणेशबहादुर नेपालीका जेठो छोरा ३५ वर्षीय राजु नेपालीको मजदुरी गर्न कतार गएका गत २१ माघमा भएको हो । माहिला छोरा २३ वर्षीय रामकुमारको चार वर्षअघि मलेसियामा ज्यान गएको घाउमा खाटा नबस्दै अहिले जेठोको पनि वैदेशिक रोजगारीकै क्रममा ज्यान गएपछि नेपाली परिवार शोकाकुल भएको छ ।
दुई छोराको वैदेशिक रोजगारीमा ज्यान गएपछि गहिरो पीडामा परेका गणेशबहादुरले भने, “स्वदेशमै केही गरे जिन्दगी चल्छ भनेको छोराहरूले माननेन् अहिले यस्तो भोग्नु प¥यो” ।
२७ मंसीरमा प्यासिफिक ह्युमेन रिसोर्स प्रा.लि.मार्फत वैदेशिक रोजगारीमा गएका राजु दुई महिना पनि नबित्दै बाकसमा प्याक भएर नेपाल फर्किए । राजुको मृत्यु निमोनियापछि हृदयघातका कारण भएको भनी त्यहाँको अस्पतालको रिपोर्टमा उल्लेख छ ।
मृत्यु भएको १२ दिनपछि २ फागुनमा राजुको शव नेपाल आइपुगेको थियो ।
रासस
