समाचारआइतबार, फाल्गुण ११, २०७०

हाललाई आइओएमको डिनमा श्रीवास्तवकै निरन्तरता: सर्वोच्च

हिमालखबर

चिकित्साशास्त्र अध्ययन् संस्थानका पूर्व डिन डा। शशी शर्माले वर्तमान डिन राकेश श्रीवास्तवको नियुक्ति खारेजीको माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ ।

न्यायाधीश सुशीला कार्कीको एकल इजलासले ११ फागुनमा दिएको आदेशमा हालै नियुक्ति भएका ‘डीन डा राकेश श्रीवास्तवको नियुक्ति खारेज हुनुपर्ने कारण नदेखिएको’ उल्लेख छ ।

डीनबाट आफूलाई गरिएको बर्खास्ती नियम विपरित भन्दै डा शर्माले १ फागुनमा रिट दायर गरेका थिए ।

सुविधा र सन्तुलनको सिद्धान्तको आधारमा अहिलै श्रीवास्तवको कामकाज रोक्न नसक्ने भन्दै सर्वोच्चले श्रीवास्तवको नियुक्तिपछि अस्पतालमा हड्तालजस्ता कृयाकलाप नभएको र जनताले स्वास्थ्य सेवाको लाभ लिइरहेको सन्दर्भमा अन्तरिम आदेश गर्न नमिल्ने ठहर गरेको छ।

शर्माका तर्फबाट अधिवक्ताहरु टीकाराम भट्टराई, रमणकुमार श्रेष्ठ र श्रीवास्तवको तर्फबाट पुष्पा भुषाल, सुशील पन्त, हरि उप्रेतीलगायतले बहस गरेका थिए।

२८पसमा डिन नियुक्त भएका डा शर्माविरुद्ध शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडागोविन्द केसी अनशनमा बसेपछि त्रिविले ८ माघमा शर्मालाई डिनबाट बर्खास्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>