समाचारमंगलबार, साउन ३०, २०६९
एमाओवादीको क्षमता नपुगेपछि मोर्चाः दाहाल
लाजिम्पाटस्थित आफ्नै निवासमा ३० साउनमा सञ्चारकर्मीहरुसँगको अन्तक्रिर्यामा दाहालले मोर्चा बनाएर जाँदा कांग्रेस र एमालेलाई दवाव दिन सजिलो हुने धारणा राखेका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुलाई सहमतिका लागि एउटै मोर्चा बनाएर आउन आग्रह समेत गरे ।
दाहालले कांग्रेस र एमालेका कारण १२ बुँदे सहमति धरापमा परेको दाबी गरे । संविधानसभा आफ्नो पार्टीका कारण नभई प्रतिपक्षी दलहरुले गर्दा विघटन भएको उनले पुनः दोहोर्याए ।
