थप समाचारसोमबार, फाल्गुण १२, २०७०

मन्त्री बन्नेहरूको नाम साँझसम्म बुझाउन निर्देशन

हिमालखबर

काँग्रेस पदाधिकारीको १२ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो आग्रह गरेका हुन । बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले १२ फागुन साँझसम्ममा सरकारलाई पूर्णता दिन सहभागी दल नेकपा(एमाले)बाट मन्त्री हुनेहरुको नाम ल्याउन आफ्नो पार्टीका वार्ता टोलीका सदस्यलाई निर्देशन दिएको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

अहिले सानो आकारको मन्त्रिमण्डल बनाउने विषयमा छलफल भएपनि प्रधानमन्त्रीले एकैपटक पूर्णता दिएर आज साँझसम्म शपथ गराउने तयारी मिलाउन निर्देशन गर्नुभएको बडुले उल्लेख गरे ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको पक्षबाट विमलेन्द्र निधि, चित्रलेखा यादव, एन. पी. साउद र टेकबहादुर गुरुङको नाम मन्त्रीका लागि पठाइएको चर्चा छ । आजै पार्टीको संसदीय बोर्डले मन्त्री हुनेहरुको नामबारे अन्तिम टुङ्गो लगाउने छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>