थप समाचारसोमबार, फाल्गुण १२, २०७०

रिचार्ज कार्ड चोर्ने ४ पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड चोरी गर्ने चार जनालाई पक्राउ गरेको हो । भैरहवाको टेक्नोवोल्डले परासीको लक्ष्मी फोटो सेन्टरमा गाडीबाट पठाएको रिचार्ज कार्ड नाटकीय तरिकाले चोर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही पोखरभेन्डी–६ का तौफिक आलम खान, सिक्टहन–३ का सुरेश यादव, गौरी–८ का राजेश यादव र खुरहीया–६ का जमाल खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिष्णुहरी गौतमले जानकारी दिए । उनीहरुलाई रु. २ लाख ३७ हजार ५०० मूल्यको रिचार्ज कार्डसहित पक्राउ गरिएको उनले बताए ।

तस्वीरः विद्रोही गिरी/नवलपरासी

रिचार्ज ल्याएको बसका चालक नोरल होदा मुसलमान र कार्ड प्राप्त गर्ने दीपेन्द्र श्रेष्ठको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । महेशपुर चोकमा लु १ ख ३१५८ नम्बर बस रोक्दा सामान आएको छ भन्दै सामानको भाडा दिएर तौफिम आलम खानले  रिचार्ड कार्ड लगेका थिए ।

पक्राउ परेका चारै जनालाई ठगी अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, प्रहरीले लागुऔषध ओसारपसार र सेवन गर्ने ३७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । १० महीनाको अवधिमा स्पास्मो, नाइट्रोभेट, फेन्साडिल, गाँजा, फेनरागन, डाइजेपाम, नाइट्रोसन, कोरेक्स डेकलम, लुप्रिजेसिक, बेलकम, एनएक्स सेन लगायतका लागुऔषध ओसारपसार गर्नेलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक गौतमले बताए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>