समाचारसोमबार, फाल्गुण १२, २०७०
संविधानसभा उपाध्यक्ष चयन बहुमतबाट
संविधानसभा सचिवालयले १२ फागुन विहान १० देखि २ बजेसम्म सहमतिको आधारमा उम्मेदवारी मनोनयन गर्ने समय निर्धारण गरेको थियो । कुनै पनि उम्मेदवारी नपरेकाले बहुमतीय आधारमा उपाध्यक्ष चयन हुने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले हिमालखबरलाई जानकारी दिए ।
१३ फागुनमा बहुमतीय आधारमा उम्मेदवारको मनोनयन दर्ता हुने र १४ फागुनमा निर्वाचन हुने शर्माले बताए । बहुमतीय प्रक्रियामा गए पनि उपाध्यक्ष सहमतिबाट चयन हुने संभावना प्रबल रहेको स्रोतले जानकारी दिएको छ ।
