थप समाचारमंगलबार, फाल्गुण १३, २०७०

निकुञ्जमा ७ महिनामा साढे ११ करोड बढी राजस्व

हिमालखबर

तस्वीर साभार: हाइप्वाइन्ट ट्रेकिङ

यो वर्षको पछिल्लो सात महिनाको तथ्याङ्कअनुसार माघसम्ममा एक लाख एक हजार ७६५ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ९२ हजार ७२५ जना पर्यटकले निकुञ्ज घुमेको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए ।

गत आर्थिक वर्षको माघसम्ममा रु १० करोड ८८ लाख ९६ हजार राजस्व सङ्कलन भएकोमा यसवर्षको सोही अवधीमा ११ करोड ६२ लाख राजस्व सङ्कलन भएको थपलियाले जानकारी दिए ।

निकुञ्जले दिएको तथ्याङ्कअनुसार सात महिनामा करिब रु ७३ लाख राजस्व वृद्धि भएको छ ।

अघिल्लो वर्ष एक लाख ५५ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए भने त्यसअवधिमा निकुञ्जले रु २१ करोड राजस्व सङ्कलन गरेको थियो ।

अहिलेको सात महिनाको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटक बढ्ने र राजस्वमा समेत वृद्धि हुने देखिएको छ । शान्ति सुरक्षामा सवल देखिएकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको संरक्षणकर्मीले बताएका छन् ।

निकुञ्ज भ्रमणका लागि चितवन निकुञ्जले पर्यटकलाई अलगअलग शुल्क लिने गरेको छ । विदेशीलाई प्रतिव्यक्ति रु एक हजार ५००, सार्क राष्ट्रका लागि प्रतिव्यक्ति रु ७५० र आन्तरिक पर्यटकका लागि रु १०० राजस्व लिने गरिएको छ ।

निकुञ्जको आम्दानीको स्रोतमध्ये सबैभन्दा बढी प्रवेश शुल्कबाटै आउने गर्दछ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>