समाचारबुधबार, साउन ३१, २०६९
दाहालको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन
राजधानीमा ३१ असारमा घोषणा गरिएको गठबन्धनले संविधानसभा/व्यवस्थापिका संसद्को निर्वाचनलाई राजनीतिक संकट निकासको पहिलो विकल्पको रूपमा अघि सारेको छ । अर्को विकल्पमा संविधानसभाको पुनर्स्थापनामार्फत संविधान जारी गरेर व्यवस्थापिका संसद्को चुनाव गर्न सकिने उल्लेख छ ।
गठबन्धनका अध्यक्ष दाहालले नेपाली कांग्रेसमा प्रधानमन्त्रीको नेतृत्व गर्ने व्यक्ति नहुँदा राजनीतिक संकट लम्बिएको दाबी गरे । गएको हप्ता ललितपुरमा आयोजित कार्यक्रममा भने दाहालले कांग्रेसलाई नेतृत्व दिन आफूहरु तयार नभएको धारणा राखेका थिए ।
प्रेमबहादुर सिंहलाई प्रवक्ता चयन गरेको गठबन्धनमा एनेकपा माओवादी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय जनमुक्ति पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, नेकपा माले समाजवादी रहेका छन् ।
यसैगरी दलित जनजाति पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, नेपाः राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी दल, जनता दल युनाइटेड, नवनेपाल निर्माण पार्टी, राष्ट्रिय सद्भावना पार्टी, चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाली जनता दल र पूर्व सभासद् सदरुल मियाँ हक पनि गठबन्धनमा छन् ।
