समाचारबुधबार, साउन ३१, २०६९

विभागीय जिम्मेवारीबाट राजीनामा दिने कांग्रेस नेताहरू

हिमालखबर

संस्थापनसँग असन्तुष्ट नेताहरूले ३१ साउनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा संयुक्त राजीनामा बुझाएका हुन् । कर्णाली अञ्चल समन्वय समितिबाट राजीनामा दिएका मीन विश्वकर्माले विभागीय प्रमुख र अञ्चल संयोजक चयन गर्दा विधान अनुसार नभएकोले विरोधस्वरुप राजीनामा दिएको बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ३२ साउनमा बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरेर सबै विवादित विषय मिलाउने उल्लेख गरे ।

राजीनामा दिने विभागीय प्रमुखहरू

पूर्णबहादुर खड्का, संसदीय विभाग
बालकृष्ण खाँड, कृषि तथा सहकारी
रमेश रिजाल, भूपू सैनिक
प्रकाशशरण महत, प्राकृतिक स्रोत
मनमोहन भट्टराई, साहित्य कला तथा संस्कृति
महालक्ष्मी उपाध्याय डिना, अनुसन्धान तथा अभिलेख
अम्बिका बस्नेत, अनुगमन तथा मूल्यांकन विभाग
किशोरसिं राठौर, पर्यटन विभाग
इश्वरी न्यौपाने, द्वन्द्व व्यवस्थापन
१० सीता गुरुङ, विज्ञान तथा प्रविधि
११ मिनाक्षी झा, सिंचाइ एवं पूर्वाधार विभाग
१२ सुजाता परियार, अपाङ्ग

अञ्चल समन्वय समिति संयोजकहरू
महेन्द्र यादव, मेची
सुरेन्द्रराज पाण्डे, लुम्बिनी
मीन विश्वकर्मा, कर्णाली
जीवनबहादुर शाही, महाकाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>