समाचारबुधबार, साउन ३१, २०६९

सत्ता लम्ब्याउन सत्तारुढ दलको गठबन्धन: कांग्रेस

हिमालखबर

एकीकृत नेकपा माओवादीको नेतृत्वमा ३१ साउनमा घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सत्ता लम्ब्याउन गठन गरिएको कांग्रेसको आरोप छ । सञ्चारकर्मीसँग केन्द्रीय कार्यालय सानेपामा कुरा गर्दै उपसभापति रामचन्द्र पौडेलले मोर्चा गठन सत्ता लम्ब्याउने षडयन्त्र भएको आरोप लगाए । उनले भने, “माओवादी सहितका सत्तारुढ दल सत्ता लम्ब्याउन चाहन्छन्, त्यसैले यो मोर्चा गठन भएको हो ।”
सत्ता बाहेक मोर्चाको कुनै सिद्धान्त नभएको पनि पौडेलले आरोप लगाए । माओवादीको सैद्धान्तिक धरातल सकिएकाले अब जसरी पनि सत्ता लम्ब्याउन लागिपरेको भन्दै उनले भने, “जे–जे भनेर माओवादीले युद्ध मच्चाएको थियो, ती सबै छाडेर माओवादी यो बाटोमा आएको हो ।”
सत्तारुढ दलले नै मोर्चा गठन गरेर मुलुकलाई ध्रवीकरणमा लैजान खोजिरहेको पौडेलको आरोप छ । मोर्चा गठन कांग्रेस माथिको प्रहार भएको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>