समाचारबिहीबार, फाल्गुण १५, २०७०
सरकार स्थानीय निर्वाचनतर्फ केन्द्रितः उपप्रधानमन्त्री सिंह
लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताले राज्यबाट प्रदान हुने सेवा सुविधा पाउन नसकेको भन्दै उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारले स्थानीय निकायलाई बलियो बनाउन निर्वाचनलाई प्राथमिकतामा राखेको बताएका छन् ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जनप्रतिनिधि नहुँदा भ्रष्टाचार, अनियमितता र अराजकता मौलाएका कारण स्थानीय निकायमा छिटो निर्वाचन गर्न जरुरी रहेकोमा जोड दिए ।
उनले भने, “ठूला राजनीतिक दलहरुले पनि संविधानसभा निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न भइसक्नुपर्छ ।”
सिंहले एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्न आफूहरु प्रतिबद्ध भएर लागेको बताएका थिए ।
