समाचारबिहीबार, फाल्गुण १५, २०७०

अागामी प्रजातन्त्र दिवसमा नयाँ संविधान: पौडेल

हिमालखबर

जुम्ला जानका लागि १५ फागुनमा नेपालगञ्ज आइपुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी वर्ष ७ फागुनमा प्रजातन्त्र दिवसको अवसर पारेर नयाँ संविधान घोषणा हुने दाबी गरेका छन् ।

“सबै पार्टीलाई ल्याउँछौं, कोही आएनन् भने प्रक्रियामा गएर संविधान जारी गर्छौं,” उनले भने ।
६ वा ७ प्रदेशसहितको ‘संघीय लोकतान्त्रिक संविधान’ जारी हुने उनको भनाई छ ।

“संघहरू अटोनोमस हुन्छन्,” उनले भने,“बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक संविधान आउँछ ।”

‘केही दिनमा कार्यबाहक पाउँछु’
कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले केही दिनमै आफूलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिने पनि उनले बताए ।

“विभिन्न झमेला मिलाउँदै हुनुहुन्छ,” पौडेलले भने, “सबैलाई मिलाइसकेपछि उहाँले प्रतिबद्धता अनुसार मलाई कार्यवहाक दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

१२ दिन अघि विमान दुर्घटनामा परी मृत्यु भएका कांग्रेस जुम्ला सभापति मानव सेजुवालको १३ औं दिनको तिथीमा आयोजना हुने श्रद्धान्जली सभामा सहभागी हुन उनी जुम्ला जान लागेका हुन् ।

तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>