समाचारबुधबार, साउन ३१, २०६९
डा. केसीको मागप्रति समर्थन
नेपाल बार एशोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा ३१ साउनमा बसेको बैठकले माग शीघ्र पूरा गर्न सरकार र विश्वविद्यालयलाई आग्रह गरेको छ । बैठकले दलहरूलाई जिम्मेवार र गम्भीर भई सहमतीय वातावरण निर्माण गर्न आहृवान समेत गरेको छ ।
यसैबीच नेपाल चिकित्सक संघले पनि प्रा. डा. केसीले शुरू गरेको अनशनप्रति समर्थन जनाएको हो । संघद्वारा जारी विज्ञप्तिमा आमरण अनशनबाट डा. केसीको स्वास्थ्यमा असर भई कुनै घटना भएमा त्यसको जिम्मेवार त्रिवि पदाधिकारी र सरकार हुनुपर्ने उल्लेख छ ।
