समाचारबिहीबार, साउन ३२, २०६९

सत्ताधारीको गठबन्धनले मुठभेड निम्त्याउँछः नेता नेपाल

हिमालखबर

एमाओवादी सहित २१ दलले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन बनाएको भोलिपल्ट ३२ साउनमा आफ्नै निवास कोटेश्वरमा साचारकर्मीहरुसँग उनले यस्तो धारणा राखेका हुन । रिर्पोटस्र क्लबद्वारा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले सहमतिको वातावरण बनाउनु पर्ने एमाओवादी अध्यक्षले कांग्रेस र एमालेलाई सडकमा भेट्ने चुनौति दिईरहेको बताए । तर त्यस्ता चुनौति आफूहरुलाई स्विकार्य भएको तथा भट्टराई नेतृत्वको सरकारलाई सडकबाटै विस्थापन गर्ने उनले उल्लेख गरे  ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले शान्ति प्रकि्रयाको काम धेरै अगाडि बढीसकेकाले त्यसमा विषयमा चिन्ता गरिरहनु नपर्ने धारणा राखे । लडाकु समायोजन विशेष समितिको बैठक बोलाएर बाँकी काम सजिलै टुँग्याउन सकिने उनको भनाई थियो ।

संविधान निर्माणप्रति पनि निकै आशावादी देखिएका नेता नेपालले सहमति भएका विषयलाई दस्तावेजीकरण गरेर विवादित विषयमा छलफल गरेर सहमतिमा पुग्न सकिने बताए । उनले एमालेले एकल जातीय पहिचान सहितको संघीयता कुनै हालतमा स्विकार नगर्ने उल्लेख गरे । यद्यपि यहि आधारमा आफूहरुलाई मधेशी र जनजाति विरोधी भन्नु मिथ्या आरोप मात्रै भएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>