समाचारशुक्रबार, फाल्गुण १६, २०७०

गोली लागेका घाइते हत्या र डकैतीका अभियुक्त

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकको हिमालय चियावगान अगाडि १६ फागुन अपराह्न डाँका तथा ज्यान मुद्दाका अभियुक्त राम राई  प्रहारीसँगको मुठभेडमा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा बस्ने राईमाथि दमकमा बैंक डकैती, मोरङमा सुनपसल लुटपाट र हत्याको अभियोग लागेको छ ।

चियाबगान अगाडिको चिया पसल नजिक रहेका करिब २९ वर्षीय राईलाई सादा पोषाकमा रहेका प्रहरीले शंका लागि बोलाउँदा उनले प्रहरीसँग भएको पेस्तोल खोज्न खोजेको र त्यसक्रममा भएको मुठभेडमा बायाँ कोखामा गोली लागी राई घाइते भएको  प्रहरी उपरीक्षक मुकुन्द आचार्यले बताए ।

घाइते राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा प्राथमिक  उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>