समाचारशुक्रबार, फाल्गुण १६, २०७०
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीको राजीनामा अस्वीकृत
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले पदाधिकारीलाई सहयोग गर्ने आश्वासन दिँदै राजीनामा अस्वीकृति गरेका हुन् । उनलाई भेट्न पदाधिकारी टोली १६ फागुनमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको थियो ।
प्रधानमन्त्री कार्यालयले राजीनामा अस्वीकृत गरेको पत्र विश्वविद्यालय पदाधिकारीलाई दिएको छ । उनीहरुलाई १६ फागुनमै मुख्य सचिव लिलामणी पोखरेलले अस्वीकृत पत्र दिएका हुन् ।
‘असुरक्षा र काम गर्ने वातावरण नभएको’ भन्दै विश्वविद्यालयका उप–कुलपति प्राडा जयराज अवस्थीसहित सात जना पदाधिकारीले २८ माघमा सामूहिक राजीनामा दिएका थिए । राजीनामा सम्बन्धी कुरा गर्न प्रधानमन्त्री कार्यालयमा पुगेका पदाधिाकारीलाई प्रधानमन्त्रीले काममा फर्कन निर्देशन दिएका छन् ।
बच्चु विक, महेन्द्रनगर

