समाचारशुक्रबार, फाल्गुण १६, २०७०
मन्त्रीको आधा तलब मुटु रोगीलाई
मन्त्री खड्काले आफ्नो तलबको ५० प्रतिशत रकम बिपन्न तथा गरिव मुटु रोगीको उपचारमा सहयोग गर्ने घोषणा गरेका हुन् । त्यसका लागि गंगालाल ह्रदय केन्द्रमा जीवन बचाउ कोष खडा गरिने मन्त्री खड्काले बताए ।
सामान्य उपचार खर्च समेत नपाएर बाँच्न कठिन भएकाहरुलाई यसबाट सहयोग पुग्ने उनको बिश्वास छ । “मसंग धेरै पैसा भएर यसो गर्न खोजेको चाँही होइन” हिमालखबरसंग कुरा गर्दै मन्त्री खड्काले भने “राजनीतिकर्मीका नाताले जनताप्रतिको उत्तरदायित्व निर्बाह गर्न यसो गरेको हुँ ।”
अस्पताल नजिकै घर भएकोले कतिपय मानिस सहयोगका लागि व्यक्तिगत रुपमा आएपछि सानो सहयोगले भबिश्यका कर्णाधारलाई बचाउन सकिन्छ कि भनेर यो अभियान शुरु गरेको मन्त्री खड्काले बताए ।
उनका अनुसार कोष खडा गर्नेबारे अस्पतालका निर्देशक डा. मनबहादुर केसीसंग कुरा भइसकेको छ । १८ फागुन बिहान मन्त्री खड्काले औपचारिक रुपमा यो अभियान शुरु गर्ने छन् ।
