समाचारशनिबार, फाल्गुण १७, २०७०

कार्यालय प्रमुखमाथि अधिकृतले आक्रमण गराए

हिमालखबर

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम कार्यालय प्रमुख देव नारायण साहमाथि भएको आक्रमण तथा लुटपाटको घटनामा उनकै सहकर्मी नारायण झा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कार्यालयका लेखापाल राम सोभित यादबसँग समान्य भनाभन भएको विषयलाई लिएर झाले कार्यालय प्रमुखमाथि आक्रमण गर्न लगाएको प्रहरीको दाबी छ ।

नारायण झा

जिल्ला प्रहरी कार्यालय धनुषाले १७ फागुनमा पत्रकार सम्मेलन गरी १६ माघमा कार्यालय परिसरभित्रै रहेको कर्मचारी आबासमा आक्रमण तथा लुटपाटको घटनामा प्रशासकीय अधिकृत नारायण झाको संलग्नता रहेको जनाएको छ ।

घटना भएपछि कर्मचारीहरुले काम गर्ने वातावरण नरहेको भन्दै दुई सातासम्म कामकाज ठप्प गरेका थिए ।

प्रहरी नायब उपरिक्षक दिलीप घिमिरेले झाले कार्यालय सहयोगी जय किशोर पासवानलाई सुपारी (रकम) दिएर प्रमुख देब नारायण साहमाथि आक्रमण गरी साहकै आवासबाट पाँच तोला सुन, दुई थान ल्यापटप, मोबाईल लगायतका सामग्रि लुटपाट गर्न लगाएको बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अधिकृत नारायण झासहित धानबाली अनुसन्धान कार्यालयका सहयोगि ४२ वर्षीय जय किशोर पासवान, ४८ वर्षीय जमाहिर पासवान, २३ वर्षीय दामोदर पासवान र १९ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुबाट एक थान ल्यापटप, ६ थान मोबाईल बरामद गरेको छ ।

घटनामै संलग्न रहेको आरोपमा प्रहरीले अर्का कार्यालय सहयोगी रामचन्द्र यादवलाई पक्राउ गरेपनि राजनीतिक दबाबमा यादवलाई मुक्त गरिएको बुझिएको छ । यादव अहिले सम्पर्क बाहिर छन् ।

गत् १६ माघ राति कार्यालय प्रमुख देब नारायण साहसहितका कर्मचारीमाथि केही व्यक्तिले आक्रमण गरी ल्यापटप, मोबाईल, गरगहना लगायतका सामग्रि लुटपाट गरेका थिए । साहको टाउकोमा बन्चरो प्रहार भएको थियो ।

जनकपुरबाट ८ किलोमिटरको दूरीमा रहेको धानबाली अनुसन्धान कार्यालयकै कर्मचारी राजकुमार जोशीको ५ वर्ष अघि हत्या भएको थियो ।

इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>