समाचारशनिबार, फाल्गुण १७, २०७०

संविधान निर्माण र विकास सँगसँगै: प्रधानमन्त्री

हिमालखबर

नेपाल प्रेस युनियन, बाँकेद्वारा १७ फागुनमा नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भने, “जनताका आवश्यकता विकासका पूर्वाधार निर्माणबाट मात्र पूरा हुने भएकाले त्यसका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”

मुलुकको राष्ट्रिय स्वार्थ दलीय स्वार्थको छायाँमा पर्न नहुने भन्दै कोइरालाले सरकारले थालेको विकास निर्माणका कामलाई दलीय आँखाले हेर्न नहुनेमा जोड दिए ।

“विकास निर्माणका काममा कसैको विरोध मान्य हुँदैन, यदि कसैले अवरोध पु¥याउने प्रयास गर्छ भने सरकार चुप लागेर बस्दैन, जनताले पनि त्यस्ता विकासविरोधी तत्वलाई ठेगान लगाउनु पर्छ”, प्रधानमन्त्री कोइरालाले भने ।

उनले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विगतमा अर्बौं बजेट हिनामिना भएको बताउँदै अब त्यसो हुन नदिन सरकार छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्न प्रयासरत रहेको जानकारी दिए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्री कोइरालाले पहिलो संविधानसभा विघटनबाट सबै दलले ‘पाठ’ सिकेको बताउँदै दोस्रो संविधानसभामा दलहरुको भूमिका मुलुक र जनताको हितमा सदुपयोग हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>