समाचारबिहीबार, साउन ३२, २०६९
गठबन्धनले कांग्रेस र एमालेलाई त्याग गर्न सिकाउँछ: दाहाल
क्रान्तिकारी पत्रकार संघ पाल्पाले ३२ साउनमा तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनैतिक सहमतिका लागि मोर्चा निर्माण गरिएको धारणा राखे । संविधानसभाका बहुसंख्यक शक्तिलाई देखेर पनि कांग्रेस र एमाले संघिय मोर्चामा आउने दाहालको अपेक्षा छ ।
कार्यक्रममा दाहालले सहमतिका लागि आफ्नो पार्टी हदैसम्म लचक भएको भन्दै ठुलो पार्टीको हैसियतले अझै बार्ता र सहमतिको प्रयास जारी गर्न तयार रहेको उल्लेख गरे । सेना समायोजन गरे एक हप्तामा सहमति हुन्छ भन्ने कांग्रेस नै अहिले सहमतिको बिपक्षमा देखिनु गलत भएको उनको भनाई थियो ।
देव पचभैया, पाल्पा
