समाचारशनिबार, फाल्गुण १७, २०७०

‘आन्तरिक विवादले संविधान निर्माणमा असर नपर्ने’

हिमालखबर

काठमाडौंको गोठाटारमा १७ फागुनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीमा देखिएको समान्य विवादलाई बङ्ग्याएर सञ्चारकर्मीले जनतालाई झुक्याएको दाबी गरे ।

स्थायी कमिटिको वैठकमा नेता नेपाल सहभागि नभएको र मन्त्री छान्ने क्रममा असमानता भएको विषयमा एमालेभित्र विवाद देखिएको थियो । सबै पार्टीमा विवाद हुने भन्दै वरिष्ठ नेता नेपालले विवादको कारण राष्ट्रिय राजनीति अन्योलमा पर्ननहुने बताएका छन् ।

उनले संविधानसभाको निर्वाचनपछि मुलुकले निकास पाएको र पहिलेको सहमतिको स्वामित्व ग्रहण गरी समयमै संविधान निर्माणको काम सक्नुपर्ने जोड दिए ।

नेता नेपालले अव नया“ बन्ने संविधानले जातजातिबिच विखण्डन नगराई एकतावद्ध भूमिका खेल्नुपर्ने बताए ।

जनताले नेपाली कांग्रेस र एमालेलाई संविधान निर्माण र मुलुक सञ्चालनमा अन्य असहमत राजनीतिक पार्टीलाई समेल मिलाएर जान जनमत प्रदान गरेको वरिष्ठ नेता नेपालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>