थप समाचारशनिबार, फाल्गुण १७, २०७०
कञ्चनपुरका नदीमा हिउँदमै बाढी
तराईमा बस्दै आएको तीन दशक भएपनि हिउँदमा नदीमा बाढी आएको पहिलोपटक देखेको कञ्चनपुर जोनापुरका स्थानीय कालुराम चौधरीले बताए ।
चुरे क्षेत्रमा बढी वर्षा भएर नदीमा बाढी आएको भन्दै उनले १६ फागुन रातिदेखि लागेको झरीले स्थानीय सनवोरा, स्याली, बनहरा, दोदालगायतका नदीमा बाढी आएको बताए ।
जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा हुँदा नदीहरूमा बाढी आएको वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य मानसिं भण्डारीको भनाई छ । वर्षाकै कारण कञ्चनपुरको झलारी र महेन्द्रनगर क्षेत्रमा सञ्चालन भइरहेका मेला र महोत्सवसमेत प्रभावित भएका छन् ।
वर्षाले फूल लाग्न थालेको गहुँ र मसुरो बालीमा नोक्सानी पु¥याएको छ ।
