समाचारआइतबार, फाल्गुण १८, २०७०

कैलालीको मोहना नदीमा डुंगा डुब्दा ४ जनाको मृत्यु, ८ बेपत्ता

हिमालखबर

नेपाल–भारत सीमामा रहेको मोहना नदीमा १७ फागुन साँझ डुंगा डुबेको हो । भारतीय सीमाबाट नेपाल आउँदै गरेकाहरु चढेको डुंगा कैलालीको लालबोझी गाविस–२ चर्रामा डुबेको हो ।

डुंगामा २० जना जति सवार रहेको स्थानीयबासिन्दाले बताएका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबोझी–१ का ८ वर्षीय बालक सन्दिप चौधरी र १ वर्षीय बालक सलिम अली, लालबोझी–३ का ४५ वर्षीया फूलमती अली र ३५ वर्षीया लालमती लोहिया छन् । दुर्घटनामा परेका ८ जनाको भने स्थानीयबासिन्दाले उद्दार गरेका छन् ।

दुर्घटनामा अझै ८ जना हराइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी मोहनराज जोशीले जानकारी दिए । स्थानीयबासिन्दाको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बली )एसएसबी)ले खोजि कार्य गरिरहेका छन् ।

दुर्घटनास्थल सदरमुकाम धनगढीबाट झण्डै ८० किलोमिटर टाढा पर्छ ।
बच्चु विक, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>