थप समाचारआइतबार, फाल्गुण १८, २०७०
यो सरकारले जनताको अपेक्षा पूरा गर्न सक्दैनः थापा
राप्रपा नेपालका अध्यक्ष थापाले सत्ता स्वार्थमा बनेको सरकारले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताएका हुन् । चितवनमा १८ फागुनमा भएको कार्यक्रममा उनले भने, “गुट–उपगुटमा बनेको सत्ता समिकरणले मुलुकलाई समाधान दिन सक्दैन ।”
उनले विगतमा दलहरुले गरेको प्रतिवद्धता भुल्दै गएको पनि टिप्पणी गरे । “विगतका प्रतिवद्धता भुल्दै गएका दलहरुले जनताबाट जनताको चाहना पूरा हुनेसक्ने अवस्था देख्दिन,” उनले बताए ।
उनले एमाओवादी समेत सत्तालिप्सामा लागेको दावी गरे । उनले भने, “एमाओवादीले पनि सत्तालिप्साकै लागि उपसभामुखमा गएका उम्मेदवारी दिएको हो ।”
उनले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने पनि बताए । उनले पार्टी संगठन विस्तारमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिए ।
