समाचारआइतबार, फाल्गुण १८, २०७०

एमालेमा महाधिवेशन मितिबारे विवाद

हिमालखबर

एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्न नसकेको हो । तीन दिनदेखि महाधिवेशन तयारीको कार्यसूचीमा छलफल भएपनि १८ फागुनमा पार्टी कार्यालय बल्खुमा बसेको केन्द्रीय कमिटी बैठकले पनि ठोस निर्णय गर्न सकेन ।

स्थायी कमिटीले ३ जेठ २०७० मा महाधिवेशन गर्ने मिति तोक्न प्रस्ताव गरे पनि केन्द्रीय सदस्यहरूबीच मतान्तर देखिएको छ । अधिकांश केन्द्रीय सदस्यले सोही मितिमा महाधिवेशन गर्न सकिनेमा जोड दिएपनि कतिपय सदस्यले वैचारिक बहस, प्रतिनिधि चयनलगायतका कार्य अपुग हुने भएकाले मिति सार्न जोड दिएका छन् ।

१८ फागुनमा बसेको बैठकमा महाससचिव ईश्वर पोखरेलले तयारी गर्दै जाँदा केही दिन अपुग भएमा सार्न सकिने भन्दै पार्टीको विधानबमोजिम पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने पक्षलाई ध्यानमा राख्न आग्रह गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने अनेक बहानामा वर्तमान नेतृत्वको सत्तालाई लम्ब्याउने खेल उचित नभएको बताए ।

एनले अब राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक वा विधान सम्मेलनतिर जान नभ्याइने र राष्ट्रिय महाधिवेशन गर्नुको विकल्प नभएको जिकिर गरे । कतिपय सदस्यले स्थानीय निकायको निर्वाचनसँग मिति जुध्न गएमा केही दिन सारेर भएपनि जेठभन्दा पर नलैजान माग गरेका छन् भने कतिपयले वैचारिक र प्राविधिक तयारीका लागि छ महिनाको समय दिएर मिति निर्धारण गर्न माग गरेका छन् ।

बैठकमा महासचिव पोखरेलकासाथै सचिव विष्णु पौडेल, नेताहरू सिद्धिलाल सिंह, योगेश भट्टराई, विष्णु रिमाल, भानुभक्त ढकाललगायतले बोलेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>