समाचारसोमबार, फाल्गुण १९, २०७०

प्रधानन्यायाधीशका लागि पाँच न्यायाधीशको नाम प्रस्ताव

हिमालखबर

न्याय परिषदले कामु प्रधानन्यायाधीश दामोदर शर्मासहित सर्वोच्च अदालतका पाँच स्थायी न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको हो । न्याय परिषद बैठकले रिक्त प्रधानन्यायाधीश पदका लागि कामु प्रधानन्यायाधीश शर्मा, न्यायाधीशहरु रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको नाम प्रस्ताव गरेको छ ।

संवैधानिक परिषद्ले प्रस्तावित पाँच वटै न्यायाधीशका सम्बन्धमा छानवीन गरी व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ समितिमा एक जनालाई सिफारिश गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद्को अध्यक्ष रहेका प्रधानन्यायाधीश खिलराज रेग्मीले २८ माघमा प्रधानन्यायाधीशबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>