समाचारसोमबार, फाल्गुण १९, २०७०

स्थानीय निर्वाचन गर्न माग

हिमालखबर

लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको भन्दै सभासदहरुले तत्कालै निर्वाचन हुनुपर्ने माग गरेका हुन् । संसदको १९ फागुनमा बसेको बैठकमा सभासदहरुले स्थानीय निकायको निर्वाचनबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताले सेवा नपाएको सभासदको भनाइ छ । सरकारले निर्वाचन आयोगसँग सल्लाह गरेर आउँदो जेठभित्र निर्वाचनको मित घोषणा गर्न उनीहरुको माग छ ।

राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले स्थानीय तहको निर्वाचन गर्नका लागि तत्काल निर्वाचन ऐनको व्यवस्था गर्न र आगामी जेठभित्र निर्वाचन सम्पन्न गर्न माग गरे । नेकपा एमाले सभासद भरतमोहन अधिकारीले स्थानीय निकायमा अनियमितता र भ्रष्टाचार मौलाएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले भने स्थानीय निकायको निर्वाचन गर्न नहुनेमा जोड दिए । उनले भने, “संविधान निर्माणमा केन्द्रित हुनुपर्ने राजनीतिक दलहरु स्थानीय निकायको निर्वाचनमा केन्द्रित हुँदा एक वर्षभित्र संविधान निर्माण हुन नसक्ने र पछाडि धकेलिने खतरा हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>