समाचारमंगलबार, फाल्गुण २०, २०७०
प्रहरी टोलीमाथि आक्रमण, प्रसनिसहित चार प्रहरी घाइते
प्रहरी सहायक निरीक्षक भगवानी ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीमाथि जगदरी टोलका स्थानीयले लाठी, बाँसको फट्टाले आक्रमण गरेका थिए । आक्रमणबाट प्रसनि ठाकुरसहित, प्रहरी हवल्दार प्रदीप यादव, प्रहरी जवान रामप्रसाद यादव र गोपाल राजवंशी घाइते भएका छन् । घाइतेको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरी टोलीमाथि आक्रमण गर्ने मलेठ गाविस–९ का मो कुदुस, मो कलाम, मो मासुम, मो जयाबुललाई प्रहरीले गिरफ्तार गरेको छ । अन्य आधा दर्जनभन्दा बढी आरोपितको तीव्रताका साथ खोजी भइरहेको प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए ।
आरोपितविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्धा चलाइने प्रउ अमात्यले जानकारी दिए । मलेठ–९ जगदरीस्थित मो हैदरको घरमा लुटेर राखिएको को१५प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले राति नै बरामद गरी ल्याएको छ ।
राजविराजबाट घरतर्फ जाँदै गरेका मलेठ गाविस–४ का छोटेलाल यादवलाई लुटपिट गर्दै हिजो दिउँसो लुटिएको मोटरसाइकल पत्ता लगाई बरामद गर्न प्रहरी टोली खटिएको थियो ।रासस
