समाचारमंगलबार, फाल्गुण २०, २०७०

काठमाडौंमा गुण्डाहरु भागाभाग छन्ः गृहमन्त्री

हिमालखबर

उपप्रधान एवम् गृहमन्त्री गौतमले आफूले गृहमन्त्रालयको पदभार ग्रहण गरेलगत्तै काठमाडौंबाट गुण्डाहरुको भागाभाग शुरु भएको दावी गरेका हुन् । प्यूठानमा २० फागुनमा भएको कार्यक्रममा उनले भने, “मैले पदभार ग्रहण गरेलगत्तै अतिआवश्यक निर्देशन जारी गरेकाले गुण्डाहरुको भागाभाग चलिरहेको छ ।”

उनले गुण्डागर्दी गर्नेलाई कारवाही गर्न निर्देशन दिएको बताए । “सरकारले जनताको सुरक्षालाई गम्भीरतापूर्वक लिएको छ,” उनले भने, “गुण्डागर्दी, अशान्ति श्रृजना गर्नेलाई कारवाही गर्नका लागि विशेष निर्देशन दिएको छु ।”

उनले छिट्टै स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए । “६ महीनाभित्र स्थानीय निर्वाचन नभए पाँच वर्ष कुनुपर्छ, त्यसैले छिट्टै चुनाव गर्नुपर्छ,” उनले भने ।

स्थानीय निकायको निर्वाचन गर्न सरकार तयार रहेको उनको भनाइ छ । उनले भने, “जनआन्दोलन र क्रान्तिका उपलब्धी, लोकतन्त्र र यसका मुल्य मान्यतालाई जनताको घरदैलोसम्म पुर्‍याउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक छ ।”

उनले अघिल्लो संविधानसभाले प्रक्रियाबाट टुंगो लगाएका विषयलाई ग्रहण गरेरै भए पनि एक वर्षभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>