समाचारमंगलबार, फाल्गुण २०, २०७०

प्रधानमन्त्री कोइराला बिम्स्टेकको नयाँ अध्यक्ष

रासस

नेपिट, म्यान्मारमा २० फागुनमा सम्पन्न तेस्रो शिखर सम्मेलनमा उपक्षेत्रीय समूहको अध्यक्ष राष्ट्र म्यान्मारले प्रधानमन्त्री सुशील कोइरालालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गरेको हो । उक्त देशका राष्ट्रपति उ थिनसिनले प्रधानमन्त्री कोइरालालाई सङ्गठनको झण्डा हस्तान्तरण गरी पदभार सुम्पिए ।

अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले बिम्स्टेकका साझा लक्ष्य हासिल गर्न नेपाल पारस्परिक सहकार्यकासाथ अघि बढ्न तयार रहेको बताए । सदस्य राष्ट्रमा विद्यमान गरिबी घटाउनेतर्फ पनि आपसी सहयोग एवम् समन्वयकासाथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

तेस्रो शिखर सम्मेलनले बिम्स्टेकको पहिलो महासचिवमा श्रीलङ्काली सुमथ नाकनदालालाई अनुमोदन गरेको छ । सम्मेलनले ढाकामा सङ्गठनको स्थायी सचिवालाय स्थापना गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रधानमन्त्री सुशील कोइराला म्यान्मारको न्ये प्यी ताओ शहरमा आयोजित बिम्स्टेकको तेस्रो शिखर सम्मेलनको समुद्घाटन समारोहमा सहभागी सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुसँग सामूहिक तस्वीर खिचाउँदै । तस्वीर सौजन्यः प्रधानमन्त्रीको निजी सचिवालय

बिम्स्टेक सांस्कृतिक उद्योग आयोग र मौसम तथा बिम्स्टेक जलवायु केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा पनि २० फागुनमा हस्ताक्षर भएको छ । सदस्य देशका राष्ट्र/सरकार/विशेषदूतको उपस्थितिमा सम्बन्धित राष्ट्रका विदेशमन्त्रीले ती समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>