समाचारशुक्रबार, भाद्र १, २०६९

माओवादीको तानाशाही सञ्चालन गर्न वर्तमान गठबन्धन:खनाल

हिमालखबर

खनालले माओवादीको तानाशाही शासन सञ्चालन गर्ने रणनीति पूरा गर्न वर्तमान गठबन्धन निर्माण गरेको र यो गठबन्धन राष्ट्रघाती र विखण्डनवादी सोचको उपज भएको दाबी गरे । १ भदौमा नुवाकोटको विदुरमा नेकपा (एमाले)को जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष खनालले अहिलेको गठबन्धन उग्रवामपन्थी र उग्रदक्षिणपन्थीहरूको गठबन्धन भएकोले यसले समस्या निकासको लागि सहमतिको ढोका नखोल्ने बताए ।

सत्ताधारीहरूले देशलाई मुठभेडमा लैजान गठबन्धन गर्दै अरु दललाई पाखा लगाउने प्रयास गरिएको भन्दै उहाँले राष्ट्रघातको विरुद्ध सङ्घर्ष गर्ने बताए । खनालले नेपालको राष्ट्रिय हीतका विरुद्ध विदेशीको इशारामा चलेको प्रमाणहरू भेटिँदै गएकाले उसलाई अब राष्ट्रघाती दल भन्नुपर्ने अवस्था आएको बताए।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले माओवादीले जनताको नाममा देशलाई आफ्नो कब्जामा लिन खोजेको बताएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>