समाचारबुधबार, फाल्गुण २१, २०७०

स्थानीय निर्वाचन र संविधान एक वर्षभित्रैः उपप्रधानमन्त्री सिंह

हिमालखबर

पाल्पामा २१ फागुनमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय विकासमन्त्री समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले ६ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गरी एक वर्षभित्रै नया“ संविधान जारी हुने बताएका छन् ।

उनले स्थानीय निकाय लामोसमयदेखि जनप्रतिनिधिविहिन हुँदा स्थानीय विकासका कामहरु ठप्प भएको भन्दै स्थानीय निकायको निर्वाचन गर्नु अहिलेको प्राथमिक आवश्यकता रहेकोमा जोड दिए ।

प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम उपप्रधानमन्त्री सिंहले भने, “दलहरु इच्छाशक्ति हुने हो भने, स्थानीय निकायको निर्वाचन गराएर पनि एक वर्षभित्रै संविधान जारी गर्न सकिन्छ ।” उनले निर्वाचनका लागि गृहकार्य शुरु भइसकेको पनि बताए ।

सिंहले लोकतन्त्रलाई बलियो बनाउन पनि स्थानीय निर्वाचन जरुरी रहेको भन्दै ‘स्थानीय स्वायत्त शासन ऐन २०५५’ र नियमावलीलाई केही संशोधन गरेर भए पनि चाँडै निर्वाचन गराइने दाबी गरे । उनले भने, “संविधानसभा निर्वाचनअघि पनि सबै प्रमुख दलहरुले घोषणापत्रमा ६ महिनाभित्रै स्थानीय निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेकाछन्, त्यसैले यसमा सबैको सहमति रहन्छ ।”

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>