समाचारशनिबार, भाद्र २, २०६९
राष्ट्रपतिद्वारा अध्यादेश फिर्ता
राष्ट्रपति यादवले १ भदौमा तत्काल जारी गर्नुको सान्दर्भिकता नरहेको भन्दै अध्यादेश अस्विकृत गरेका हुन । सरकारले सिफारिस गरेको नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०६९ लाई उनले फिर्ता गरेका हुन ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर अध्यादेश अस्विकृत भएको जनाएको हो । सरकारले ७ मंसिरलाई घोषणा गरेको निर्वाचन नहुने पक्का भईसकेको सन्दर्भमा अध्यादेश फिर्ता आएको हो ।
