समाचारबुधबार, फाल्गुण २१, २०७०

एमाले महाधिवेशन २४ जेठमा

हिमालखबर

नेकपा एमाले केन्द्रीय कमिटीले महाधिवेशनको नयाँ मिति तय गरेको हो । पार्टी कार्यालय बल्खुमा २१ फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले २४ जेठमा महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग उनले भने, “एमालेको नवौं महाधिवेशन २४–३१ जेठमा काठमाडौंमा हुनेछ ।” यसअघि भने एमालेले ३–८ जेठमा महाधिवेशन गर्ने टुंगो लगाएको थियो ।

स्थायी कमिटीले भने ९–१३ बैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको महाधिवेशन सार्नुपर्ने अडानकाबीच केन्द्रीय कमिटीले जेठमै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समिति सदस्यमा उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् ।

यस्तै, महासचिव पोखरेलको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको पनि अध्यक्ष खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>