समाचारशनिबार, भाद्र २, २०६९

वर्तमान सरकार २० वर्ष रहनसक्छः एमाओवादी अध्यक्ष

हिमालखबर

क्रान्तिकारी पत्रकार सङ्घ सिरहाले २ भदौ बिहान लहानमा आयोजित पत्रकारसम्मेलनमा दाहालले सहमति पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा वर्तमान सरकारले निरन्तरता पाइरहने बताएका हुन । दाहालले भने, ‘नेपाली कांग्रेसका नेताहरुले मुलुकलाई २०१७ सालको अवस्थामा पुर् याउन खोजिरहेका छन् । उनीहरुको त्यो सपना कहिले पूरा हँदैन ।’

कांग्रेस र एमालेले काम चलाउ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकबाट आन्दोलन गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै अध्यक्ष दाहालले देशलाई राजनीतिक निकास दिनका लागि आफूले जोखिम मोलेर लडाकुलाई समायोजना गरेको दोहोर् याए । कांग्रेस र एमालेसंग भएको पाँचबँदे सहमति पालना भएमा मात्र नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार निर्माण हुन सक्ने दाहालको भनाइ थियो ।

दाहालले कांग्रेस र एमालेको सङ्घीयता विरोधी गतिविधिका कारण नै संविधानसभा विघटन भएको आरोप लगाए । आफ्नो पार्टी जनआन्दोलनबाट प्राप्त उपलब्धि स्थापित गराउन कि्रयाशील रहेको उनको दाबी थियो ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा कसैको विरुद्ध नभई देशलाई राजनीतिक निकास दिन गठन भएको स्पष्ट पार्दै जातीय पहिचानसहितको सङ्घीयता निर्माण जनताको अग्रगामी अधिकार स्थापना एवम् आगामी संविधानसभा निर्वाचनमा संयुक्तरुपले जाने सम्बन्धमा मोर्चामा सहमति कायम भएको बताए ।

राष्ट्रपतिबाट सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता सम्बन्धमा आफूले यसबारे राम्ररी बुझ्न नसकेको उनको दाबी थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>