थप समाचारबिहीबार, फाल्गुण २२, २०७०

‘सत्तामा पुग्यो, सुखानी विर्स्यो’

हिमालखबर

४१ बर्ष अघि जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको निर्जन सुखानी जंगलमा गोलीहानी मारिएका पाँच झापाली कम्युनिष्ट योद्धाहरुलाई राज्यले अझै शहिद घोषणा नगरेकोमा तिनका आफन्तले आक्रोश ब्यक्त गरेका छन् । २१ फागुन २०२९ अपरान्ह रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजबंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई प्रहरीले गाडीबाट उतारी गोली हानेर हत्या गरेको थियो ।

आफु नौ बर्षकी हुँदा बुबाको हत्या भएको दुई दिनपछि थाहा पाएकी रामनाथ दाहालकी छोरी मञ्जु प्रसाईं आज पनि भक्कानिन्छिन् । २१ फागुनमा आयोजित सुखानी स्मृती सभामा भेटिएकी प्रसाईले प्रश्न गरिन्, “बर्षमा एकदिन यहाँ बोलाएर माला मजेत्रो लगाइदिन्छन, ठुला कुरा गर्छन, तर उहाँहरुलाई सहिद घोषणा गर्न किन आनाकानी गर्छन ?”

त्यो घटना र समग्र झापा बिद्रोहको जगमा उम्रिएको पार्टी नेकपा एमाले बारम्बार सत्तामा पुगेपनि उनीहरुलाई सहिदको सुचिमा राख्न ध्यान नदिएको उनको भनाई छ । सुखानीका सामुहिक हत्या गरिएका पाँच योद्धालाई सहिदको सुचिमा राख्न सातबर्ष अघि मोदनाथ प्रश्रित अध्यक्षताको समितिले गरेको सिफारिस पार्टी र राज्यले कार्यान्वयन गरेको छैन ।

सुखानी स्मृती प्रतिष्ठानका कायकारी सदस्य समेत रहेका एमाले झापाका पुर्ब सचिव देबेन्द्र दाहाल उनीहरुलाई सहिद घोषणा नगरिनु पार्टी र राज्यका तर्फबाट भएको गल्ती मान्छन् । एमाले बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेल भन्छन्, “अहिलेसम्म त खोलो तरेर लौरो बिर्सिएजस्तै भएको छ ।”

गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>