समाचारबिहीबार, फाल्गुण २२, २०७०

कोरम नपुगेर संसद स्थगित

हिमालखबर

नयाँबानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा २२ फागुनमा  १२७ सभासद मात्रै उपस्थित भएपछि बैठक  स्थिगित गरिएको हो । अन्तरिम संविधानमा कम्तिमा एक चौथाई सभासद उपस्थित नभएको बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नपाईने प्रावधान छ । कुल ५७१ सभासदको एक चौथाई १४३ हुन्छ ।

संसदमा गृहमन्त्रीले सुपुर्दगी अध्यादेश २०६९ र संगठित अपराध निवारण अध्यादेश २०६९  स्विकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि तय भएको थियो ।
सुपुर्दगी अध्यादेश २०६९ माथिको छलफलमा सभासदहरू रमेश लेखक, चित्रबहादुर केसी, लक्ष्मणलाल राजवंशी, दिल्लीप्रसाद काफ्लेले छलफलमा भाग लिएका थिए । अध्यादेशमाथि उठेको प्रश्नको विषयमा गृहमन्त्री गौतमको तर्फबाट स्वास्थ्य मन्त्री खगराज अधिकारीले जवाफ दिएका थिए ।

सभासद प्रेम सुवालले सुपुर्दगी अध्यादेश २०६९ लाई अस्विकार गरियोस भन्ने प्रस्ताव गर्न लाग्दा अर्का सभासद रामनारायण विडारीले गणपुरक संख्या नपुगेको भन्दै नियमापत्ती गरेका थिए ।

व्यवस्थापिका संसदको अर्को बैठक २६ फागुन विहान ११ बजेलाई बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>