थप समाचारशुक्रबार, फाल्गुण २३, २०७०

स्वास्थ्य चौकी बनाउने मजुदरले ज्याला पाएनन्

हिमालखबर

स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएका ठेकेदार नै सम्पर्कविहिन भएपछि मजदुरहरुले ज्याला रकम नपाएका हुन् । उनीहरुले काम गर्दाको रु. १५ लाख ९३ हजार ८७४ नपाएको बताएका छन् ।

ज्याला रकम पाउनुपर्ने माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय प्यूठानमा निवदेन दिएका छन् । स्थानीय ५२ जना मजदुरले ज्याला नपाएको शोभाराम पुनले बताए ।

उनले सबै कामदारको हस्ताक्षरसहितको निवेदन सहायक प्रमुख जिल्ला अधिकारी छविलाल नेपालीलाई बुझाएको जानकारी दिए । उनले भने, “ठेकेदार नै सम्पर्कविहिन भएपछि प्रशासनमा आउन बाध्य भयौं ।”

निर्माणाधिन अवस्थामै अलपत्र प्यूठानको खवाङ स्वास्थ्य चौकी । तस्वीरः विजयसिंह भारती

ठेकेदार भागेपछि निर्माणाधिन स्वास्थ्य चौकी खवाङको भवन अलपत्र परेको छ । ‘नेपाल प्रगती/राप्ती/उच्च हिमालय जेभी’ कम्पनीका ठेकेदार ओमराज बुढाले कर बाहेक रु. ७७ लाख ८८ हजार ६९५ मा स्वास्थ्य चौकी निर्माणको ठेक्का लिएका थिए ।

पन्ध्र महीनाभित्र काम सम्पन्न गर्ने गरी २३ असार ०६८ मा सम्झौता भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पाले जनाएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेकेदारको अनुरोधमा ६ महीना म्याद थप गरिएको डिभिजन प्रमुख सुवास बस्नेतले बताए ।

कार्यालयका लेखा अधिकृत विष्णु भुषालका अनुसार ठेकेदारले रु. ५३ लाख ५२ हजार ९८० भुक्तानी लिइसकेका छन् ।
विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>