समाचारशुक्रबार, फाल्गुण २३, २०७०

‘सरकार स्थानीय निर्वाचनको तयारीमा जुटिसक्यो’

हिमालखबर

नेपाल प्रेस युनियन रुपन्देहीले २३ फागुनमा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा जुटेको भन्दै निर्वाचनले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने प्रतिवद्धतामा कुनै असर नपर्ने दाबी गरेका छन् ।

उनले संविधान निर्माण, स्थानीय निकायको चुनाव, सुशासन र भ्रष्टाचार न्यूनीकरण सरकारको मुख्य प्रथामिकता भएको बताए ।

स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन रहेको अवस्थामा विकास निर्माणका काममा बाधा पुगेको र नेपाली जनतामा पनि रोष बढ्दै गइरहेकाले विधि र प्रक्रिया पुर्‍याएर चाँडै स्थानीय निकायको चुनाव घोषणा गर्ने जानकारी दिए ।

यसबाहेक शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा बेपत्ता आयोग बनाएर अगाडि बढ्नेमा पनि सरकार गम्भीर भएको उपप्रधानमन्त्री सिंहले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>