समाचारशुक्रबार, फाल्गुण २३, २०७०
कलेज अफ मेडिकल साइन्सेजद्वारा विरामीको स्वास्थ्यमाथि खेलवाड
१३ जुलाई २०१३ मा म्याद सकिएको फार्मेसीले आफूलाई ६ मार्च (२२ फागुन) मा फार्मेसीले बिक्री गरेको विरामी हिमालका बुबा देवराजले बताए । औषधी २ ट्याबलेट खाईसकेपछि मात्र अवधि सकिएको थाहा पाईएको उनले बताए । उनलाई दिएको क्लेरियन नामक एन्टीबायोटिक औषधी म्याद सकिएको पाईएको हो ।
आईसियु कक्ष अगाडि अस्पतालले नै औषधी पसल सञ्चालन गरेको छ । अस्पतालमा ओपिडीमा उपचारका लागि आउने र भर्ना भएर उपचार गर्ने बिरामीहरुलाई अस्पतालकै फार्मेसीमा औषधी किन्न बाध्य बनाईने गरेको गिरीले बताए । वार्डमा रहेका बिरामीका लागि डाक्टरले दिएको प्रेस्कृप्सन फार्मेसीका ब्यक्तिले संकलन गरेर लैजाने र बिरामीका आफन्तले लाईनमा लागेर किन्नु पर्ने बाध्यता रहेको उनले बताए ।
सुईका लागि प्रयोग गरीने अक्ट्राईड नामक औषधी नेपालमा दर्ता नभएपनि सो औषधी समेत फार्मेसीले बिक्री गर्ने गरिएको पाईएको छ । सनफार्माले उत्पादन गरेको अक्ट्राईड नामक औषधी दर्ता भएको र प्रेस्कृप्सनमा पनि सोही औषधीको नाम लेखिएको भएपनि फार्मेसीले सामथ्र्य नामक औषधी कम्पनीले उत्पादन गरेको अक्टाईड भन्ने औषधी दिएको छ ।
फार्मेसीले औषधी राख्ने प्रत्येक झोलाको समेत डेढ रुपैयाँ जोडेर औषधीको बिलमा जोडेर बिक्री गर्ने गरेको छ ।
अस्पताल बाहिर आफन्तले संचालन गरेको फार्मेसी भएपनि बाध्य भएर महंगोमा अस्पताल भित्रकै फार्मेसीबाट औषधी किन्न परेको देवराज बताउँछन् । बिरामीलाई दिइएको औषधी तथा उपचारका अन्य साधानहरु अस्पताल बाहिरका फार्मेसी भन्दा बढि मुल्य लिने गरिएको समेत उनले आरोप लगाए ।
उनले औषधीको बढी मूल्य लिएको र म्याद सकिएको औषधी बिक्री गरेको बारे २३ फागुनमा जिल्ला प्रसासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पनि जानकारी गराएका छन् ।
सविता श्रेष्ठ, चितवन
