समाचारशुक्रबार, फाल्गुण २३, २०७०

निगमको जहाज आपतकालीन अवतरण

हिमालखबर

काठमाडौंबाट लामीडाँडा उड्दै गरेको ट्विनअटर जहाज रनवे छाडेर एक सय फिट माथि पुगेपछि आपतकालीन अवतरण गरेको हो ।

विमानस्थलमा रहेका प्रहरी उपरीक्षक दीलिप चौधरीले विमान ‘इमर्जेन्सी ल्यण्डिङ’ गरेको र यात्रुहरु सकुशल रहेको पुष्टी गरे पनि त्यसबारे विस्तृत विवरण आफूलाई थाहा नभएको बताए ।

विमानको चालक दलमा क्याप्टेन सञ्जय वैद्य, को–पाइलट प्रशान्त राईका साथै १५ जना वयस्क र तीन जना बालक रहेको बुझिएको छ ।

यसअघि पोखराबाट जुम्ला जाँदै गरेको निगमकै ट्विनअटर विमान ४ फागुनमा अघाँखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>