समाचारशनिबार, भाद्र २, २०६९

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा सायमी

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईले निर्देशन दिएको केही घण्टापछि २ भदौमा त्रिभुवन विश्वविद्यालयले सायमीलाई डिनमा नियुक्त गरेको हो । राजनीतिक भागबन्डा र अयोग्य मान्छेलाई भनसुनको आधारमा नियुक्ति गर्नु हुँदै आएको बिरोधमा हाडजोर्नी विभागका ‍डा‍‍‍‌. गोविन्द केसी एक हप्तादेखि लगातार अनसनमा छन् । केसीको मागमा समर्थन जनाउँदै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि शिक्षण अस्पतालमा चार दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प छन् ।

राजनीतिक बागबण्डाको आधारमा नियुक्ति दिएको भन्दै नेपाल चिकित्सक संघको आहृवानमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएपछि सरकार र विश्वविद्यालयलाई नयाँ डिन नियुक्तीका लागि दबाव परेको हो । डा. केसीको अनसनलाई वेवास्ता गर्दै केही दिनअघि डा. धर्मकान्त बास्कोटालाई डिनमा नियुक्त गरेपछि त्यसको र्सवत्र बिरोध भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>