थप समाचारशुक्रबार, फाल्गुण २३, २०७०

दुई सन्तान जन्माउन अनुमति दिइएको होइनः चीन

हिमालखबर

चीनमा दुई सन्तान जन्माउन सरकारले अनुमति दिइएको भनी केही अघि आएको समाचारको खण्डन गर्दै चिनियाँ स्वास्थ्यमन्त्रालयले त्यस्तो अनुमति नदिइएको बताएको छ ।

मन्त्रालयले २२ फागुनमा प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “त्यस विषयमा सोच बनाइएको हो र अनुसन्धान थालिएको छ, तर दुई सन्तान उत्पादनका लागि अनुमति दिइसकिएको भने होइन ।”

चीनमा बढदो जनसंख्या नियन्त्रण गर्न त्यहाँको सरकारले सन् १९७० को दशकको अन्त्यदेखि नै दुई सन्तान जन्माउन प्रतिबन्ध लगाएको थियो, जुन अहिले पनि कायमै छ । कुनै दम्पतीले एकभन्दा बढी सन्तान पाए भने त्यस्तालाई राज्यबाट दिने सुविधाबाट वञ्चित गरिन्छ ।

दोस्रो सन्तान जन्माउन दिनका लागि आवश्यक नीति र सम्भाव्यताका बारेमा हाल छलफल मात्र भइरहेको र यस विषयमा निर्णयमा भने नपुगिएको मन्त्रालयले जनाएको छ ।

चीनको एक सन्तान नीतिका कारण त्यहाँ लैंगिक असन्तुलनको खतरा रहेको पाइएको विश्लेषकहरुले जनाएका छन् । उनीहरुका अनुसार अहिले पनि चीनमा विवाहका लागि केटी मान्छे पाउन गाह्रो भइसकेको छ । साथै बढी उमेरका नागरिकको सङ्ख्यमा पनि व्यापक वृद्धि भइरहेको छ ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>