समाचारशुक्रबार, फाल्गुण २३, २०७०

‘कुरा थोरै काम धेरै’

हिमालखबर

अन्य राजनीतिक दलहरुसँग टाढिएर संबिधानसभा निर्वाचन समेत बहिस्कार गरेको नेकपा–माओवादीसँग नजिकिएर सहकार्य गर्न र संबिधान निर्माणमा सहयोग गर्न भन्दै आफूहरुले परिषदमा भाषण नगरेको नेताहरुले बताएका छन् ।

पाल्पा जिल्ला परिषदमा अन्य दलका नेताहरुले भाषण नगरेपछि २२ औं जिल्ला परिषद साढे दुई घण्टामै सकियो । त्यस्तै सहभागीहरुले नेताहरुका पट्यार लाग्दा भाषण पनि सुन्न बाध्य हुनु परेन ।

परिषद बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पाल्पामा दलहरुले देखाएको उदाहरण केन्द्रले पनि अनुसरण गर्नुपर्ने बताएका थिए ।

परिषदमा पाल्पाका स्थानीय विकास अधिकारी दीर्घबहादुर पोख्रेलले अर्थिक बर्ष २०७१/७२ को नीति तथा कार्यक्रमसँगै २ अर्ब ६४ करोड १३ लाख बराबरको बजेट पेश गरेका छन् ।
देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>