समाचारआइतबार, फाल्गुण २५, २०७०

संविधान निर्माणमा क्रियाशील हुन नेपालको आग्रह

हिमालखबर

एमाले वरिष्ठ नेता नेपालले संविधान निर्माणको काम सुस्त भएकोमा चिन्ता व्यक्त गर्दै क्रियाशील हुन सबै दलसँग आग्रह गरेका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताका आकांक्षा अनुसार संविधान निर्माणमा द्रुत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “जनताको चाहना अनुसार दलका नेताहरु संविधान निर्माण द्रुत रुपमा लाग्नुपर्छ ।” घोषित समयभित्रै संविधान जारी गर्न सबै दल क्रियाशील हुनुपर्नेमा उलने जोड दिए ।

उनले संविधानसभा नियमावलीमा दलको ह्वीप सभासदमा लाग्नुपर्ने, ककस स्थापना हुन नहुने बताए । संविधान प्रमाणिकरण राष्ट्रपति या सभामुखले गर्ने विषयमा दलहरुबीच छलफल गरी सहमतिमा पुग्नुपर्नेमा उनले जोड दिए ।

सभासद नभएका नेतालाई मन्त्री बनाइएको विषयमा उनले भने, “मन्त्रीले राष्ट्रिय हित एवम् जनताको चाहना अनुसार काम गर्नुपर्छ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>