थप समाचारआइतबार, फाल्गुण २५, २०७०
प्याब्सन अध्यक्षमा केसी
प्याब्सनको १२औं राष्ट्रिय महाधिवेशनले केसीलाई निर्वाचित गरेको हो । २४ फागुन राति सम्पन्न निर्वाचनको मतगणनामा उनले १ हजार ९०० मत पाए भने उनका प्रत्याशी टीआर ढकालको पक्षमा २४३ मत पर्यो ।
प्याब्सनको वरिष्ठ उपाध्यक्षमा विजय सम्वाहाम्फे, महासचिवमा डिके ढुङ्गाना र कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ निर्विरोध निर्वाचित भए । महाधिवेशनको पारित घोषणापत्रहरू छिट्टै सार्वजनिक गरिने महासचिव ढुङ्गानाले जानकारी दिए ।
रासस
