समाचारआइतबार, फाल्गुण २५, २०७०
सिनामंगलमा आगलागी
सिनामंगलको सुकुम्बासी बस्तीमा २५ फागुन दिउँसो आगलागी भएको हो । आगलागीका कारण बस्तीमा रहेका केही टहरा जलेका छन् ।
आगलागीको कारण र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । सिनामंगलको भत्केको पुल नजिकको बस्तीमा आगलागी भएको हो ।
स्थानीयबासिन्दा, दमकल र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
