थप समाचारआइतबार, फाल्गुण २५, २०७०
मृगौला पीडितलाई आर्थिक सहयोग
पत्रकार सोमबहादुर थापा, मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ, र रफत सञ्चार क्लवका अध्यक्ष सुशिल बन्धु थापाले २५ फागुनमा रु. ८५ हजार २७ रुपैंया पीडितलाई हस्तान्तरण गरेका हुन ।
सहयोग रकम एनआरएन अफरिकाका संयोजक हिक्मत थापाको सक्रियतामा रु. ३० हजार, डेनमार्कमा रहेका पूर्ण बन्धबाट रु.३२ हजार २७, कतारमा रहेका चन्द्र थापाबाट दश हजार र कोरीयामा रहेका मिलन थापाको सक्रियताबाट रु. १३ हजार संकलन गरिएको थियो ।
राष्ट्रिय बाणिज्य बैंक शाखा, सूर्यविनायकको बचत खाता नं १३७००२३१००१० मा रकम जम्मा गरेर पनि नगर्चीलाई सहयोग गर्न सकिन्छ ।
