समाचारआइतबार, फाल्गुण २५, २०७०
जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा ३ को मृत्यु
जाजरकोटको सीमा गाविसको मार्कबजारबाट सुर्खेतको रामकतर्फ जाँदै गरेको लु १ च ८४१५ नम्बरको ट्र्याक्टर सीमा गाविस–९ मा दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
मृत्यु हुनेमा सीमा गाविस–९ का २५ वर्षीय तिले बादी र कार्कीगाउँ गाविस–९ का गङ्गा राणा छन् । मृत्यु हुने एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरमा पाँच जना सवार थिए । घटनास्थलमा प्रहरी पुगेर शव र घाइतेलाई जिल्ला अस्पताल जाजरकोट ल्याएको जाजरकोटका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
रासस
