समाचारसोमबार, फाल्गुण २६, २०७०

नेपालबाटै भारतीय प्रहरीद्वारा एक जना पक्राउ

हिमालखबर

नवलपरासीको कुडिया गाविस–९, पथरकल्लाका एक नेपाली नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । नेपाली पक्षलाई कुनै जानकारी नै नदिई भारतीय प्रहरीले २६ फागुन बिहान ९ बजे पथरकल्लाका अन्दाजी ५८ वर्षीय रामचन्द्र मल्लाहलाई नियन्त्रणमा लिएर गएका हुन् ।

पाँच–छ जनाको संख्यामा आएका भारतीय प्रहरीले हतियार देखाई जबरजस्ती मल्लाहलाई त्रिवेणी ब्यारेज पुल हुँदै विहारतर्फ लगेको स्थानीयबासिन्दाले बताएका छन् । तर, नवलपरासी प्रहरीले भने त्यसबारे कुनै जानकारी नभएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि गौतमले भारतीय प्रहरीले अपराधी नियन्त्रणमा लिएको खबर सुनेको बताए । उनले त्यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

भारतमा अपराध गरी नेपालमा बस्दै आएका केहीलाई भारतीय प्रहरीले यसअघि पनि नेपाल सीमाभित्रबाटै पक्राउ गर्दैआएको छ ।

सभासदद्वारा आपत्ति

सभासद वैद्यनाथ चौधरीले नेपालबाटै भारतीय प्रहरीले मानिस पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । व्यवस्थापिका संसदको २६ फागुनमा बसेको बैठकमा उनले भारतीय प्रहरीले अपहरण शैलीमा नवलपरासी निवासी रामचन्द्र मल्लाहलाई पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

उनले मल्लाहको जीवनरक्षाका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>